गलकोट– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौताप्रति सकरात्मक भएको जानकारी दिएका छन् ।


ADVERTISEMENT


नेपाल प्रेस युनियन बागलुङद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले बर्तमान सरकारले एमसिसी सम्झौतालाई सदनबाट अनुमोदन गर्न आवश्यक प्रक्रिया अगाडि बढाउनुपर्ने र त्यसमा कांग्रेसको साथ रहने जानकारी दिएका हुन् । ‘एमसिसीप्रति कांग्रेस सकारात्मक छ । विकास र समृद्धिका लागि कांग्रेस बाधक छैन’, उनले भने ।


ADVERTISEMENT

# # #


उनले बर्तमान सरकारले गरेका सबै काम अलोकतान्त्रिक र असंवैधानिक भएको आरोप लगाउँदै कांग्रेसको नेतृत्वमा अबको सरकार बन्ने विश्वास समेत व्यक्त गरेका छन् ।

‘गण्डकी प्रदेशसमेतमा कांग्रेसको नेतृत्वमा सरकार बन्न लागेको छ’, उनले भने । कोरोना जोखिमसमेतमा सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको उनको भनाई छ । रासस