काठमाडौँ – प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदमागि निकै ठूलो घेराबन्दी भइरहेको बताएका छन् । नेपाल पत्रकार महासंघको सपथ ग्रहण तथा पदभार हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले संविधानको रक्षाका लागि प्रतिनिधिभा अघि बढ्दा घेराबन्दी सुरु भएको उनले बताए ।


ADVERTISEMENT


उनले भने, ‘हामीसामू निक्कै ठूलो चुनौती खडा भएको छ । संघीय संसद्लाई चलयामान बनाउने, संविधानको रक्षार्थ प्रतिनिधिसभा दृढतापूर्वक अगाडि बढ्न सुरु गर्‍यो, त्यहींबाट घेराबन्दी हुन थाल्यो । निकै ठूलो घेराबन्दी भइरहेको छ । अनेकखालका टिप्पणी भइरहेका छन् ।’


ADVERTISEMENT

# # #


सभामुख सापकोटाले संविधान र लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्ने मामिलामा आफू सधैं दृढ भएर लाग्ने बताए । ‘नेपालको संविधानलाई रक्षा र विकास गर्ने कुरामा म दृढ छु । भन्नेले के भन्छन् मैले वास्ता गरेको छैन, म लुरुलुरु अगाडि बढेको छु । मैले जे गरेको छु देशलाई सम्झेर गरेको छु । देश र जनताको अधिकतम हितमा काम गरेको छु ।’ आफूले जानाजान देश र जनताको हितविपरीत काम नगरेको र आगामी दिनमा पनि त्यस्तो नगर्ने उनले बताए ।

सभामुख सापकोटाले प्रतिनिधिसभालाई जीवन्त र जनमुखी बनाउन लागिरहेको अवस्थामा धेरै मान्छेलाई संसद्‌बारे भ्रममा पारिएको बताए ।