वाग्मती– प्रदेशको राजधानी हेटौँडामा देक्षेलिङ गुम्बा निर्माणको काम शुरु गरिएको छ ।


ADVERTISEMENT


करीब रु. एक करोड लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ हेटौँडा उपमहानगरपालिका–१४ कालोपानीमा गुम्बा निर्माणको काम अघि बढाइएको हो ।


ADVERTISEMENT

# # #


चालु आर्थिक वर्ष २०७७ /७८ मा उपमहानगरपालिकाको रु. छ लाख ३० हजार लागतबाट गुम्बा निर्माणको काम थालिएको भए पनि अन्य रकम विभिन्न निकायको आर्थिक सहयोग र उपमहानगरपालिकाले आगामी आवमा आर्थिक रकम थप गरी गुम्बा निर्माणको काम सम्पन्न गर्ने योजना बनाइएको छ । रासस