बाँके– बारबर्दिया नगरगरपालिकामा ‘बङ्गुर मिसन कार्यक्रम’ कार्यान्वयनमा आएपछि स्थानीयवासी औधि खुशी भएका छन् । यस वर्ष २८ फार्ममा सो कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको जनाइएको छ ।


ADVERTISEMENT


एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमुख विनोद घिमिरेले बङ्गुर मिसन कार्यक्रम कार्यान्वयन गर्न रु. ५० लाख लगानी गरिने जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


एकीकृत कार्यालयमार्फत ‘मकै मिसन’मा ६५ हेक्टर पुग्नुपर्नेमा ५० हेक्टर मात्र पुगेको छ । मकै र तरकारी खेती मिसन कार्यक्रमका लागि रु तीन करोड २९ लाख अनुदान दिइने कार्यालयका सूचना अधिकारी सन्तोष पाठकले बताए । लगानीअनुरुप किसानले उक्त कार्यक्रमलाई सदुपयोग गरेको तथा उत्पादन, बजारीकरण र आम्दानीमा उल्लेखनीय उपलब्धि देखिएको उनले जानकारी दिए ।

लसुनप्याज मिसनअन्तर्गत ५० हेक्टर क्षेत्रफलमै उत्पादन भइरहेको जनाइएको छ । कार्यालय प्रमुख घिमिरे भन्छन्, ‘यो कार्यक्रमले किसानलाई थप कृषि कर्ममा लाग्न प्रेरित गरेको छ । कार्यालयले रु. दुई करोड ६५ लाख लगानी गरेको छ ।’

कुखुरा व्यवसायीले पाएनन् मूल्य

बारबर्दिया नगरपालिका–११ का कुखुरा व्यवसायी उचित मूल्य नपाउँदा मर्कामा परेका छन् । स्थानीयवासी तुलसीराम थारूले भन्छन्, ‘हामी कुखुरा व्यवसायीले उचित मूल्य नपाउँदा मर्कामा परेका छौँ । यसलाई प्रवद्र्धन गर्न सरकारले प्राथमिता दिनुपर्छ ।

दाङ, रुपन्देही, बाँके र पाल्पामा कुखुरापालन व्यवसायमा कृषकको चाहना बढ्दै आएको पाइएको छ । लुम्बिनी प्रदेशको दाङ जिल्लामा सबैभन्दा धेरै मात्रामा कुखुरापालन हुँदै आएको छ । प्रदेश कुखुराको मासु र अण्डामा आत्मनिर्भर भई अन्य प्रदेशमा निर्यातसमेत भइरहेको छ । रासस