ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिकाले बैसाख मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


कोरोना बढ्दै गएको निश्कर्षसहित नगरपालिकाले बैसाखसम्म भौतिक उपस्थितिको विकल्पस्वरुप अनलाइन कक्षा लगायतका विकल्प अपनाउन विद्यालयलाई निर्देशन दिएको छ ।


ADVERTISEMENT

# # #


कक्षा ८ र १० का पूर्वनिर्धारित परीक्षा बैसाख १५ सम्म सम्पन्न गर्न र विद्यालयमा कोरोना देखिएको भएमा आधारभूत तह (कक्षा ८) सहित अन्य कक्षाका विद्यार्थीलाई आन्तरिक मूल्यांकन गरेर अंक प्रदान गर्न निर्देशन नगरपालिकाले दिएको छ ।