काठमाडौँ – नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराई मंगलबार भारत जाने भएका छन् ।


ADVERTISEMENT


इण्डिया फाउन्डेसनले दिल्लीमा आयोजना गरेको ‘काउन्टर टेरोरिज्म कन्फरेन्स’मा भाग लिन भट्टराई दिउँसो साढे ३ बजे दिल्ली प्रस्थान गर्ने स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिए ।


ADVERTISEMENT

# # #


१४ मार्चदेखि सुरु हुने सम्मेलनमा उनले १५ मार्चमा ‘बुलेट टु ब्यालेट’ शीर्षकको विशेष सत्रलाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्नेछन् ।

१९ मार्चमा नयाँ शक्ति पार्टी, नेपालको प्रवास समितिले गोवामा आयोजना गरेको नेपालीहरुसँगको अन्तर्क्रिया तथा भेटघाट कार्यक्रममा सहभागी हुने भट्टराईले २० मार्चमा पार्टीको आयोजनामा हुने दिल्लीमा रहेका नेपालीहरुसँग भेटघाट तथा अन्तर्क्रिया गर्ने कार्यक्रम छ ।

दिल्लीमा रहँदा भारतका राजनीतिक व्यक्तित्व, नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजिवी, नागरिक समाजका अगुवाहरुसँग पनि भेटघाट गरेर भट्टराई २१ मार्च बिहान नेपाल फर्कने कार्यक्रम छ ।