काठमाडौँ – काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत मलेसियाविरुद्ध नेपालले टस जितेर बलिङ राजेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाले आफ्नो दोस्रो खेलमा सुरुमा बलिङ गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा गत शनिबारदेखि सुरु भएको सिरिजमा नेपाल, नेदरल्याण्ड र मलेसिया भिट्दैछन् । नेपालले पहिलो खेलमा नेदरल्याण्डलाई ९ विकेटले पराजित गरेको थियो भने नेदरल्याण्डले हिजो मलेसियालाई १५ रनले हराएको थियो ।


ADVERTISEMENT

# # #


डबल राउन्ट रोबिनमा चल्ने प्रतियोगितामा उत्कृष्ट दुई टिमले उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् ।