काठमाडौँ – काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत मलेसियाविरुद्ध नेपालले चौथो विकेट हात पारेको छ ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर बलिङ गरिरहेको नेपालका लागि दीपेन्द्रसिंह ऐरीले शेयद अजिजलाई आशिफ शेखबाट क्याच आउट गराए । अजिज २४ बलमा ४ चौका र एक छक्कासहित व्यक्तिगत २७ रनमा आउट भए ।


ADVERTISEMENT

# # #


यस्तै नेपालका लागि पहिलो विकेट करण केसीले दिलाए । उनले १.४ ओभरमा अनवर अरुद्धिनलाई विकेटकिपर विनोद भण्डारीबाट क्याच आउट गराए । अरुद्धिनले ४ बलमा २ चौकासहित व्यक्तिगत ८ रन बनाए । यस्तै दोस्रो विकेटका रुपमा मलेसियाका कप्तान अहमेद फाइज रन आउट भए । उनलाई सोमपाल कामीले बाउन्ड्रीबाट फालेको बलमा विनोद भण्डारी र करण केसीले रनआउट पारे ।

यस्तै सोमपालले तेस्रो विकेट दिलाएका हुन् । उनले मलेसियाका भिरन्दीप सिंहलाई व्यक्तिगत ६ रनमा बोल्ड गरे । भिरन्दीपले ११ बलमा १ चौका प्रहार गरे ।

ताजा अवस्थामा मलेसियाले ८.४ ओभरमा ४ विकेटको क्षतिमा ५४ रन बनाएको छ ।

डबल राउन्ट रोबिनमा चल्ने प्रतियोगितामा उत्कृष्ट दुई टिमले उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् ।