काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकारले राजनैतिक, र नैतिक दृष्टिकोणबाट सरकारमा रहिरहने वैधानिकता गुमाई सकेको बताउएका छन् ।


ADVERTISEMENT


सोमबार नेपाल प्रेस युनियन काठमाडौ शाखाले काठमाडौंमा आयोजना गरेको नवनिर्वाचित पत्रकार महासंघका पदाधिकारी सम्मान कार्यक्रममा उनले संविधान मिच्ने अनि सरकारमा बसिरहने सरकारसँग नैतिकता नै नरहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


नेता सिंहले सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेको समेत बताए । उनले सरकारले विकास निमार्णका कार्य केहि नगर्ने तर जनतामा विकास भएको भ्रम सिर्जना गरिएको आरोप पनि लगाए ।

नेता सिंहले अब देशलाई निकास दिलाउन नेपाली काग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने धारणा राखे । कार्यक्रममा महासंघका अध्यक्ष बिपुल पोखरेलले सरकारको प्रेस विरोधी कदम बिरुद्ध कडा रुपमा प्रस्तुत हुने बताए ।