पर्सा– नेपालबाट भारततर्फ लैजाँदै गरेको प्रतिबन्धित लागुऔषध गाँजासहित पर्सा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


विशेष सूचनाका आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१५ बाइपास सडकखण्डबाट १९ किलोग्राम गाँजासहित वीरगञ्ज महानगरपालिका–१३ मुर्ली निवासी उमर अन्सारीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।


ADVERTISEMENT

# # #


ना ३८ प ६२२६ नंको मोटरसाइकलमा राखी भारततर्फ जाने क्रममा प्रहरीले अन्सारीलाई गाँजासहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार, मङ्गलबार वीरगञ्जबाट दक्षिणततर्फ जाँदै गरेका अन्सारीलाई रोकी जाँच गर्दा दुई पोकामा रहेको गाँजा बरामद भएपछि आवश्यक अनुसन्धानका लागि अन्सारीलाई नियन्त्रणमा लिइएको हो ।

बरामद गाँजा, मोटरसाइकल र पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी लागुऔषध कसुर मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । रासस