काठमाडौं । नयाँ धरहरा निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बुधबार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले नयाँ गजुरको पूजा गरेका छन् ।


ADVERTISEMENT


धरहराको २१ तलामा पूजा गरेर टुप्पामा गजुर राखिएको छ । ३३० किलोको उक्त गजुर तामाले बनेको हो भने त्यसमा सुनको जलप लगाइएको छ ।


ADVERTISEMENT

# # #


यही वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहराको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
तस्बिर : रासस