काठमाडौँ – नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराहीबाट थापाथलीस्थित एक व्यापारीको घरमा सरेको छ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय पार्टी कार्यालयको आज बिहाना उद्घाटन गरी पदस्थापन पनि गरेका छन् ।


ADVERTISEMENT


२०७२ को भूकम्पले एमालेको बल्खुस्थित केन्द्रीय कार्यालय भत्किएको थियो। त्यसपछि २०७२ साउन २३ गते धुम्बाराहीस्थित पासाङल्यामू स्मृति प्रतिष्ठानमा पार्टी कार्यालय सरेको थियो।


ADVERTISEMENT

# # #


गत चैत दोस्रो साता नै थापाथलीमा रहेको उक्त भवनमा पार्टी कार्यालय सार्ने निर्णय गरी प्रधानमन्त्री ओलीले भवनको निरीक्षण गरेका थिए ।

भाडामा लिइएको भनिएको उक्त भवन व्यपारी सञ्जय अग्रवालको हो ।