काठमाडौं– आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा. लिद्धारा प्रवद्र्धित अशोक लेलैण्डलेभारतीय राजदूतावासलाई दुई थान सुविधा सम्पन्न एडभान्स लाइफ सपोर्ट एम्बुलेन्स हस्तान्तरण गरेको छ ।


ADVERTISEMENT


आइएमई मोटर्स प्रा. लिले नेपाल भारत मैत्री बिकास साझेदारी कार्यक्रम अन्र्तगत दुतावासले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका नेपालका विभिन्न सरकारी तथा गैरनाफामूलक संघ–संस्थाहरुलाई प्रदान गर्दै आएको एम्बुलेन्स तथा स्कुल बस उपहारका लागि सो एम्बुलेन्स हस्तान्तरण गरिएको जनाएको छ ।


ADVERTISEMENT

# # #


स्वास्थ्य सेवा, विशेषगरी आपतकालिन स्वास्थ्य सेवाको पहुँचलाई सहज बनाउन नेपाल सरकारको प्रयासमा भारत सरकारले निरन्तर सहयोग गर्दै आएकोमा थप एम्बुलेन्सहरु उपहार स्वरूप प्रदान गरेको हो । राजदुतावासले बताए अनुसार, सो एम्बुलेन्सहरु सहिद गंगालाल हृदयरोग केन्द्र बासवारी र धुलीखेल अस्पताललाई पुनः वितरण गरिनेछ ।

आइएमई मोटर्सले एम्बुलेन्स सहित विशेष सुविधा युक्त दमकल, मोर्टर्युरी भ्यान, ट्रक टिपर, स्कुल बस सहित साना तथा ठुला कर्मसियल गाडीहरु बिक्रि वितरण गर्दै आएको छ । यसका साथै आर्मी पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरु पनि आइएमई मोटर्स उपलब्ध छ ।