भारत– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले जलवायु शिखर सम्मेलन लाई सम्बोधन गरेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री मोदीले हिजो बिहिवारका दिन जलवायु शिखर सम्मेलनलाई सम्बोधन गरेको हो ।


ADVERTISEMENT

# # #


सम्बोधनका क्रममा प्रधानमन्त्री उनले यो दशकलाई जलवायु परिवर्तन न्यूनीकरण उन्मुख दशकका रुपमा अघि बढाउन सबैलाई आह्वान समेत गरेका छन् । जलवायु परिवर्तनको चुनौतीलाई सामना गर्न सिंगो मानव समुदायले ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याउँदै उनले सो अवसरमा प्रधानमन्त्री मोदीले भारतले त्यस तर्फ काम गरिरहेको र वर्ष २०३० सम्ममा ४५० गीगावाट नवीकरणीय उर्जा उत्पादन गर्ने लक्ष्य लिएको जानकारी गराएका छन् ।

साथै उनले सफा उर्जा, उर्जा क्षमता, वृक्षरोपण र जैविक विविधताको क्षेत्रमा भारतले साहसिक कदम चालेको समेत बताए । प्रधानमन्त्री मोदीले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनजस्ता विश्वव्यापी प्रयासलाई प्रोत्साहन गरेका छन् । सो अवसरमा प्रधानमन्त्री मोदीले र अमेरिकी राष्ट्रपति जो वाइडेनले ‘भारत–अमेरिका जलवायु तथा सफा उर्जा एजेण्डा २०३० साझेदारी’ को शुभारम्भ समेत गरेका छन् ।

उक्त साझेदारीको लक्ष्य लगानीलाई परिचालन गरी प्रविधिलाई सफा एवम् वातावरण मैत्री बनाउनु रहेको बताउँदै उनले भने, ‘हामीले सदियौं देखि अवलम्बन गर्दै आएको दिगो एवम् परम्परागत जीवनशैलीका कारण भारतको प्रति व्यक्ति कार्वन फुटप्रिन्ट ६० प्रतिशत भन्दा कम रहेको छ ।’ उनले जलवायु परिवर्तन न्यूनीकरणमा जीवनशैलीको महत्वबारे चर्चा गर्दै ब्याक टु बेसिक्सको सिद्धन्तलाई पछ्याउन सबैलाई आग्रह समेत गरेका छन् ।