दमक– नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य दिलीप राईलाई पत्नीशोक परेको छ ।


ADVERTISEMENT


पाँचथर रविमा जन्म भई हाल झापाको कमलगाउँँपालिका–५ मङ्गलबारे बजारमा बसोबास गरेका उनकी ७२ वर्षीया श्रीमती इन्द्रकुमारी राईको आज बिहान असमायिक निधन भएको हो ।


ADVERTISEMENT

# # #


श्वासप्रश्वासमा एक्कासि समस्या देखिएपछि चार दिनदेखि धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्दै आएका उनको आज बिहान १।३० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको आज बिहान ११ बजे झापाको कमल–५ सावित्राचोक उत्तर जङ्गलमा अन्येष्टि गरिने जनाइएको छ । उनका एक छोरा र एक छोरी छन् । रासस