आठराई– लालीगुराँस नगरपालिका लसुनेका अलैँची कृषक अलैँचीमा लागेको रोग पत्ता लगाउन नसक्दा चिन्तित भएका छन् ।


ADVERTISEMENT


शुरुमा गतिलो आम्दामी दिँदै आएको अलैँचीको जरा कुहिने र बोट पहेलो भएर मर्न थालेको वामिखम्बा अलैँची उत्पादन कृषि समूहका अध्यक्ष कृष्ण खनालले बताए। “३३ वर्ष भयो अलैँची खेती गर्न थालेको, दुई वर्ष भयो रोग देखापरेको तर पत्ता लगाउन सकिएन” खनालले भने । “जिल्ला कृषि विकास कार्यालयबाट पनि रोगको पहिचान हुन नसकेपछि धनकुटाको पाख्रीबास कृषि अनुसन्धान केन्द्र पठाइयो त्यहाँबाट पनि रोग पत्ता लगाउन नसकेपछि अहिले भारत पठाएका छौँ” ।


ADVERTISEMENT

# # #


यस क्षेत्रमा १५ जनाले १५० रोपनी जमिनमा अलैँची खेती गर्दै आएकामा रोगको पहिचान नभएपछि आजित भएको उनीहरूको दुखेसो छ ।
अघिल्लो वर्षमा प्रतिमन (४० केजी) रु एक लाख दश हजारसम्ममा बिक्री भएकोे अलैँची अहिले भने अन्तरराष्ट्रिय स्तरमा माग घटेपछि रू ३० हजारभन्दा माथि उक्लिएको छ्रैन । एकातिर बजार भाउ छैन अर्कोतिर रोगले बगान नै रित्तिने पिर थपिएको छ अध्यक्ष खनाल भन्नुन्छन्, “राज्यबाट रोगको नाम र औषधि पत्ता लाग्न सके हामीलाई राहत मिल्ने थियो ।”

जिल्ला कृषि विकास कार्यलयका अलैँची बगान पुरानो भएको र पुराना अलैँची बोट मासेर नयाँ बिरुवा लगाउनुपर्ने प्रविधिक हरिगोपाल आचार्यले बताए । अलैँचीको जरा, पातको पानी झर्ने भागभन्दा टाढा नजाने र चार इन्चभन्दा गहिराइमा नजाने भएको र मलजल गर्ने तरिकासम्बन्धी पर्याप्त ज्ञान कृषकमा नभएका कारण समस्या उत्पन्न भएको कृषि विकास कार्यालयले जनाएको छ ।