काठमाडौँ – बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगित गरेको छ ।


ADVERTISEMENT


त्रिवि केन्द्रीय परिषद् बोर्डको सोमबार बसेको बैठकले सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको त्रिवि परीक्षा उपनियन्त्रक डा. घनश्याम ठाकुरले हिमालय पोष्टलाई जानकारी दिए । उनका अनुसार मंगलबार (भोलि)देखि लागू हुनेगरी सबै तहका परीक्षा स्थगित गरिएको हो ।


ADVERTISEMENT

# # #


हाल स्नातक दोस्रो वर्ष लगायतका परीक्षा चलिरहेका छन् भने चाँडै स्नातकोत्तर तहका परीक्षा सञ्चालन गर्ने तालिका रहेको थियो । तर, अब ती सबै परीक्षा स्थगित हुने भएका छन् । चलिरहेका परीक्षालाई समेत भोलि (मंगलबार)बाट स्थगित गर्न लागिएको हो ।

यसअघि सोमबार कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले देशभर सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो । यद्दपी त्रिविले आजका परीक्षाहरु नियमित रुपमा सञ्चालन गरेको थियो ।

अब भने अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगित गरिएको त्रिवि परीक्षा उपनियन्त्रक डा. ठाकुरले जानकारी दिए ।