काठमाडौँ – कोरोना संक्रमित भई नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई अक्सिजनको सपोर्टमा राखेर उपचार जारी राखिएको छ ।


ADVERTISEMENT


उनीहरु शनिबार(बैशाख ११ गते) दिउँसो १ बजे नर्भिक अस्पताल भर्ना भएका थिए । कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने हेतूले पूर्व राजा र रानीलाई अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको हो ।


ADVERTISEMENT

# # #


उनीहरुसँगै अस्पताल भर्ना भएकी पूर्व अधिराजकुमारी प्रेरणा शाहलाई भने अक्सिजनको सपोर्ट दिनु परेको छैन । उनीहरु तीनैजनाको अवस्था सामान्य र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

उनीहरु तीनैजनामा केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो ।