पोखरा – सांसद्को पीसीआर परीक्षणको माग गर्दै अवरुद्ध भएको गण्डकी प्रदेशसभाको बैठक सवै सांसद्को कोरोना परीक्षणपछि मात्र बस्ने भएको छ ।


ADVERTISEMENT


मंगलबार सत्ता पक्षका सांसद्ले कोरोनाको जोखिम रहेको भन्दै पिसीआर टेष्टको नतिजा ल्याउनुपर्ने माग गर्दै बैठक अवरुद्ध गरेपछि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सबै सांसद्को स्वाब संकलन गरी परीक्षण गरिने सहमति जुटेको हो । परीक्षणपछि कोरोना पोजेटिभ देखिएका सांसदले बुधबार हुने मतदानमा भाग लिन पाउने भए पनि बोल्न भने दिइने छैन ।


ADVERTISEMENT

# # #


प्रदेससभाको बैठक बुधबार दिउँसो १ बजेलाई बोलाइएको सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए । त्यसअघि सत्ता पक्षका सांसद्ले बैठक सुरु हुनेबितिकै उठेर विरोध गरेका थिए । एमालेका सांसद राजीव पहारीले प्रदेशमा अधिकांश सांसद दीर्घरोगी रहेकोले कोरोना महामारीको भयावह हुँदा सांसदहरूको पिसीआर टेष्ट नभइ संसद् सञ्चालन गर्न नहुने माग गरेका थिए ।

सभामुख अधिकारीले पटक पटक वस्न आग्रह गर्दा पनि सत्तापक्षका सांसदहरुले उठेर विरोध जनाएपछि बैठक स्थगीत भएको थियो । प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ विरुद्ध आइतबारमात्रै अविश्वासको प्रस्ताव टेबुल भएको हो । मंगलबार सो विषयमा छलफल हुने कार्यसूची थियो ।