दाङ – दाङको घोराहिमा मास्क नलगाउनेहरुलाई होल्ड गर्न थालिएको छ ।


ADVERTISEMENT


कोरोनाको महामारी चलिरहेको बेला आफ्नो स्वास्थ्य सुरक्षा अपनाउनको लागि र कोरोना बाट बच्नको लागि वडा प्रहरी कार्यालयको टोलि आफै फिल्डमा खटेर यो अभियान चलाइरहेको छ । बाटोमा हिड्ने पैदल यात्रि तथा सवारी साधनमा यात्रा गरीरहेका अन्य ब्यत्तिलाई पनि मास्क नलगाएको पाइएमा अबस्था हेरेर १ घन्टा सम्म होल्ड गर्ने र मास्क पनि बितरण गरी सम्झाई बुझाई गरेर छोड्न गरिएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


प्रत्येक दिन फरक फरक ठाँउमा यो अभियान चलाईने पनि प्रहरीको भनाई छ । मंगलबार घोराहिको सहिद गेटमा होल्डिङ सेन्टर बनाई मास्क नलगाएकाहरुलाई होल्ड गरीएको थियो । आफु पनि बचौ र अरुलाई पनि बचाउ भन्ने मुला नाराका साथ नेपाल सरकार स्वास्थ्य मन्त्रालयको नियम पालना गर्नुपर्ने भएकोले यस्तो अभियान थालिएको प्रहरीले जनाएको छ ।