काठमाडौँ – अरु बेला सहरी रमझमका लागि होस् वा देश छाड्ने बाध्यताका कारण होस् काठमाडौँ भित्रिनेको लस्कर लामै हुने गरेपनि सहर छिरेकाहरुलाई संकटका बेला गाउँ खुब सम्झनामा आउँछ । चाहे त्यो भूकम्पका बेला होस् वा रोगब्याधीले विश्व कम्पायमान भएको बेला होस् गाउँ फर्किनेको संख्या ठूलै हुन्छ । यस वर्ष पनि सरकारले निषेधाज्ञा लगाउने निर्णय गरेपछि गाउँ फर्किनेको संख्या ह्वात्तै बढेको छ । विद्यार्थी, मजदुर, कामदार आदिले सहर छाडिरहेका छन् ।


ADVERTISEMENT


सोमवार र मंगलवार मात्र दैनिक करिब २ लाख बढीले काठमाडौँ छाडेकोमा मंगलबार मात्र करिब ५ लाखले काठमाडौँ छाडेका छन् । यकिन तथ्यांक व्यवसायीहरुसँग पनि नभएकोमा सो बराबर व्यक्तिले काठमाडौँ छाडेको व्यवसायीहरुले बताएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक जनक भट्टराईले सङ्ख्यामा उल्लेख गर्न नसके पनि मंगलवार करिब ५ लाखले काठमाडौँ छाडेको बताए । ‘दसैँ तिहारमा भन्दा बढी भिड देखिएको छ,’ उनले बताए ।


ADVERTISEMENT

# # #


कोरोना भाइरस महामारीको नयाँ सङ्क्रमण भयावह रूपमा फैलिएको भन्दै त्यसको रोकथाम तथा नियन्त्रणका लागि बिहीबारदेखि लागू हुने गरी काठमाडौँ उपत्यकामा आगामी १५ दिनका लागि निषेधाज्ञा लगाइएको छ ।

तस्बिर : रोशन सापकोटा/रासस