काठमाडौं– कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा आगजनी हुँदा झण्डै ३० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।


ADVERTISEMENT


काठमाडौं महानगरपालिका ३२ कोटेश्‍वरस्थित रहेको महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति लागेको आगलागी फैलिएर नजिकै रहेका तेज बहादुर कार्कीको घरमा रहेको फर्निचर पसल, अष्टमान महर्जन तथा रमेश गौतमको घर समेत भेटेपछि करिब ३० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।


ADVERTISEMENT

# # #


यस्तै, तेह्रथुम, म्याङलुङ नगरपालिका–६ जिरीखिम्तीस्थित रिता श्रेष्ठ राईको बिष्णु बिस्कुट तथा निम्की उद्योगमा मंगलबार साँझ आगलागी हुँदा तयारी बिस्कुट तथा विभिन्न सामानहरू जलेर करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरि, रोल्पा, त्रिवेणी गाउँपालिका-२ पिडालेस्थित मुलावारी सामुदायिक बनमा मंगलबार दिउँसो लागेको आगलागी फैलिएर कावाडाँडा, बर्तिवाङ र पिडाले भन्ने स्थानका २३ वटा घर, १९ वटा गोठ र ५ वटा भान्छा घर समेत जलेर नष्ट भएको छ । क्षतिको विवरण आउँन बाँकी रहेको छ ।

स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।