चितवन– जिल्लामा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या पाँच सय कटेको छ । जिल्लामा कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय ७९ पुगेको छ ।


ADVERTISEMENT


एकै दिन मङ्गलबार १२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । भरतपुर अस्पताल कोभिड– १९ परीक्षण प्रयोगशाला र चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ६५ जनाको रिपोर्ट पोजेटिभ आएको थियो जसमध्ये १२१ जना चितवनका मात्रै हुन् ।


ADVERTISEMENT

# # #


थपिएका सङ्क्रमितमध्ये ९२ जना भरतपुरका छन् । भरतपुर अस्पतालको प्रयोगशालामा १० महिनादेखि ५६ वर्ष उमेर समूहका १६ पुरुष र ७ देखि ७६ वर्ष उमेर समूहका २६ महिला गरी ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ । उता चितवन मेडिकल कलेजको प्रयोगशालामा भरतपुरका ५० जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै, पूर्वी चितवनको रत्ननगरका २० जनामा कोरोना पुष्टि भएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा तीन तथा चितवन मेडिकल कलेजमा १७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । खैरहनीका सात तथा राप्ती, कालिका र इच्छाकामना गाउँपालिकाका समान एक–एक जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, बढ्दै गएको कोरोनाको ग्राफलाई रोक्न तथा कम गर्न विज्ञले सुरक्षाको मापदण्ड अपनाउन सम्पुर्णलाई आग्रह गरेको छ । रासस