काठमाडौँ – पोखरा थन्डर्सले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पहिलो जित निकालेको छ ।


ADVERTISEMENT


बुधबार भएको खेलमा विराटनगर एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै पोखराले पहिलो जित निकालेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पोखरालाई जित दिलाउन नवयुग श्रेष्ठले निर्णायक गोल गरे ।


ADVERTISEMENT

# # #


उनले खेलको ८३ औं मिनेटमा गोल गरेका थिए । जितसँगै पोखराले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा पोखरा बुटवल लुम्बिनीसँग २–० ले पराजित भएको थियो । पोखरा चौंथो स्थानमा रहेको छ । विराटनगरको यो पहिलो हार हो । विराटनगरले २ खेलमा ३ अंक जोडेको छ ।

विराटनगर दोस्रो स्थानमा रहेको छ ।