काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी महासचिव नेत विक्रम चन्द ‘विप्लव’ कोरोना भाइरस (कोभिड)विरुद्ध जुध्न सरकारले बन्दाबन्दीको अभियान चाले पनि त्यो प्रयाप्त नदेखिएको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार एक विज्ञप्ती जारी गर्दै महासचिव विप्लवले कोरोना संक्रमणलाई नियन्त्रणका लागि भारत लगायत विदेशबाट नेपाल प्रवेश गर्नेहरुलाई नियन्त्रण गर्ने, आएकाहरुलाई क्वारिन्टन, आइशोलेसनमा राख्ने र बिरामीको उपचार गर्ने कुरालाई ध्यानु दिनुपर्ने बताएका छन् ।


ADVERTISEMENT

# # #


उनले महामारीसँग जुध्न सरकारले स्वयम् सेवक परिचालन गर्नुपर्ने र त्यसमा आफू सहयोग गर्न तयार रहेको बताएका छन् । ‘महामारीसँग जुध्न सामाजिक परिचालन अभियानका रुपमा सरकारले स्वयम्सेवकहरु परिचालन गर्ने व्यवस्था गर्नु आवश्यक छ ।’ विज्ञप्तीमा उनले भनेका छन्, ‘यस प्रकारको सामाजिक अभियान सञ्चालन गर्ने अभि अवस्थामा हाम्रो पार्टी सहयोग गर्न तयार रहेको अवगत गराउन चाहन्छु ।’

महासचिव विप्लवले महामारी नियन्त्रणका लागि सरकारको मात्र भर नपरी स्वयम्सेवकका रुपमा परिचालित हुन आफ्ना सम्पूर्ण समितिहरु, नेता कार्यकर्ता र बुद्धिजिवी, चिकित्सक, स्वास्थ्यकर्मी लगायतलाई आग्रह गरेका छन् ।