बाजुरा– सुख्खा तथा खडेरी प्रभावित क्षेत्रमा विकास निमार्णका लागि राहतस्वरुप आएको चामल वितरण गरिएको छ ।


ADVERTISEMENT


जिल्लास्तरीय सर्र्वदलीय बैठकबाट सहमतिमा राहतस्वरुप आएको २० हजार क्विन्टल चामल वितरण गरिएको हो । बैठकमा सहभागि नेपाली काँग्रेसका जिल्ला सचिव दीपक शाहका अनुसार विद्यालय घेरबार, सडक, बाटोघाटो निर्माण गर्ने गरी कामका लागि खाद्यान्न कार्यक्रमअन्तर्गत सो चामल वितरण गरिएको हो ।


ADVERTISEMENT

# # #


जिल्लाको सबै गाविस र नगरपालिका समेटिने गरी ३३ वटा योजना छनोट गरिएको छ । साप्पाट– जुकोटवाई– लामाओढार– पिलुचौर सडकखण्ड निर्माण गर्न तीन हजार ७०० क्विन्टल, रुगिन– फैती– क्यूडी सडकखण्डका लागि एक हजार ५०० र बिच्छ्या गाविसका लागि ७०० क्विन्टल चामल छुट्याइएको छ ।

त्यसैगरी बाँधु– बोल्ढिक– धिम सडकखण्ड निर्माण गर्न ८०० क्विन्टल, बाँधु र धिमको बाटो निर्माण गर्न ७००, गोत्री काला पहाडदेखि मनिकाँडासम्मको सडकका लागि ८००, जगन्नाथ– पिलुचौर– ठाकुरद्वार सडक निर्माण गर्न ८०० तथा जगन्नाथ– सेरा– कौँडाकोट सडकका लागि ३०० क्विन्टल चामल छुट्याइएको छ ।

यस्तै कोटिला काल्सिलदेखि सिन्या चौर सडक निर्माण गर्न ४०० क्विन्टल, कोटिला जेठारी वाडादेखि ढाडाकोटसम्मका लागि ४००, कोल्टी कुरुदेखि घोडाकोटसम्म कृषि सडक निर्माण गर्न ६०० र कोल्टी बड्डीगाड लघुजलविद्युत् नहर निर्माण गर्न ४०० क्विन्टल चामल छुट्याइएको छ । पाण्डुसैन सत्यमावि तटबन्ध निर्माण गर्न ३०० क्विन्टल, पाण्डुसैन पिर्याकोटदेखि बागमाण्डौँको सडकका लागि ८००, दहकोट भेरेटादेखि अजय टोट्कीसम्म सडक निर्माण गर्न ९००, मानाकोट कीर्तिचौरदेखि गाविस जोड्ने सडकका लागि ७०० र तिपाडादेखि सल्लेना सडक निर्माण गर्नका लागि ३०० क्विन्टल चामल उपलब्ध गराएको छ ।

यसैगरी त्रिभुवनेश्वरी नुवाकोट घेरबार निर्माण गर्न २०० क्विन्टल, घटाल निमावि बसाला घेरबार निर्माणका लागि २००, अनाइपुलदेखि रतुडा बाटो निर्माण गर्न २००, जलचडाउनादेखि थुममाडुसम्म बाटो निर्माण निर्माण गर्न ३००, सिमलगौडादेखि कोर्धसम्मको बाटोका लागि ७००, बूढीगङ्गा फणील्लादेखि बिसौनासम्म घोरेडोबाट निर्माण गर्न २०० तथा काँडा– जयबागेश्वरी– बाह्रबिस– डुङ्ग्रीसैन हुँदै काँडा सडक निर्माण गर्न एक हजार ४०० क्विन्टल चालम छुट्याइएको छ ।

यस्तै डोगडी स्वास्थ्य चौकी सार्की टोल हुँदै जाडगुदु सडक निर्माणका लागि ५०० क्विन्टल, आटीचौर ओलीगाउँदेखि बडालेकसम्म पर्यटन सडक निर्माण गर्न ४००, कैलाशमाण्डौ खिरपाटा हुँदै पन्धारासम्म सडक निर्माण गर्न ४००, पार्वती मावि पौमा विद्यालय घेरबार निर्माण गर्न २०० र कैलाशमाण्डौँ कैलाशेश्वरी मावि दम्था घेरबार निर्माणका लागि २०० क्विन्टल चालम वितरण गरिएको छ ।

यसैगरी भानोदय माविदेखि भट्टेचौर सडक निर्माणका लागि ५०० क्विन्टल, बाह्रबिस त्रिशक्ति खेल मैदान निर्माण गर्न ३००, पशुपति मावि घेरबार निर्माण गर्न २००, धुरालसैन मावि घेरबार निर्माणका लागि २०० र चैतेपीपल निमावि घेरबार निर्माण गर्न २०० क्विन्टल चालम छुट्याइएको छ । चाल आवभित्र ती सम्पूर्ण काम गरिसक्ने गरी चामलको कोटा निर्धारण गरिएको बताइएको छ ।