जाजरकोट– काइके गाउँपालिका–१ टाछिङ खागर बौद्ध गुम्बामा रहेका ऐतिहासिक महत्वका मूर्ति हराएका छन् ।


ADVERTISEMENT


मन्दिरमा रहेका त्रिकाल बुद्धका दुई थान मूर्ति हराएको वडाध्यक्ष छिरिङ तन्दुरुप लामाले जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


उपल्लो डोल्पामा बहुमूल्य मूर्ति हराउने क्रम बढेसँगै चिन्तासमेत बढाएको छ । हराएको उक्त मूर्ति तीन/चार सय वर्ष पहिला राखिएको उअध्यक्ष लामाको भनाई छ। चैत २४ गते स्थानीयवासीले मन्दिरमा पूजा गरेर फर्किएर फेरि मङ्गलबार घेगा पर्वको अवसरमा लिङ्गो चढाउन जाँदा मन्दिरको ढोका खुला देखेर हेर्न जाँदा मूर्ति हराएको पत्ता लागेको अध्यक्ष लामाले जानकारी दिए ।

मूर्ति खोजी गरिदिन प्रशासनसँग स्थानीयवासीले गुहार मागेपछि बुधबार नै प्रहरी घटनास्थलतर्फ पठाएको प्रमुख जिल्ला अधिकारी माधव ढकालले जनाएका छन् । यसअघि पनि बीस वर्ष पहिले यहाँका मूर्तिहरू हराएको तर भोलिपल्टै मन्दिरको नजिकै फेला परेको प्रजिअ ढकालले बताए। अहिले हराएका मूर्ति सबैभन्दा ठूलो भएको बताइएको छ । रासस