अघिल्लो वर्ष पनि कोरोनाको शुरुवाती चरणमा एउटा भयानक डरलाग्दो हल्ला पिटिएकोमा यस वर्षपनि त्यस किसिमको डर त्रास फैलाइएको छ ।


ADVERTISEMENT


यद्यपि हामी यसमा अभ्यस्त भइसकेका छौँ कि कोरोनालाई सजीलै परास्त गर्न सकिन्छ । नआत्तिनुस्, कोरोनाको निको हुने दर उच्च छ । सामाजिक सञ्जाल र समाचारले त्रास फैलाएकाले स्वास्थ्य विशेषज्ञहरुले मोबाइल कम चलाउन सुझाव दिँदै आएका छन् ।


ADVERTISEMENT

# # #


यस्तैमा जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डेले पनि होम आइसोलेशनमा बसेकालाई सामाजिक सञ्जाल नहेर्न सु्झाव दिएका छन् । कोभिडसम्बन्धी समाचार पनि अपडेटका लागि दिनमा १र२ पटक मात्र हेर्न उनको सुझाव छ ।

उनले होम आइसोलेशनमा बसेकालाई सुझाव दिँदै लेखेका छन्, ‘दिनमा १ र २ पटक मात्र समाचार हेर्नुहोला । सामाजिक संजाल नहेर्नुहोला । अनधिकृत समाचारले तनाव बढाउँछ ।’