बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् ।


ADVERTISEMENT


उनले आइतवार बिहाना लुम्बिनी प्रदेश प्रमुख धर्मनाद यादबलाई भेटेर राजीनामा बुझाएका प्रदेश प्रमखु कार्यालय स्रोतले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #


पोखरेलविरुद्ध नेपाली काँग्रेस, नेकपा माआवादी, जनता समाजवादी पार्टीले संयुक्त रुपमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

अविश्वासको प्रस्ताव आज प्रदेश सभामा पेश हुने कार्यक्रम थियो । बैठक बस्नु अघि नै उनले राजीनामा दिएका हुन् ।