काठमाडौँ – लुम्बिनी प्रदेशमा एमालेका तीन प्रदेश सांसदले राजीनामा दिएका छन् ।


ADVERTISEMENT


राजीनामा दिनेमा कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाही रहेका छन् ।


ADVERTISEMENT

# # #


उनीहरुले प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीसमक्ष राजीनामा बुझाएका हुन् । यसअघि आजै नेकपाबाट निर्वाचित विमला ओलीले आफू माओवादी केन्द्रमा जाने निर्णय गरेकी थिइन् । आजै मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका थिए ।

उनले प्रदेशसभामा नेकपा एमालेको स्पष्ट बहुमत भएको भन्दै प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा नियुक्तिको लागि प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष दाबी पेश गरेका थिए । प्रदेश प्रमुख यादवले पोखरेललाई पुनः मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

तर, एमालेका तीन सांसदले राजीनामा दिएपछि लुम्बिनी प्रदेशको राजनीतिमा नयाँ तरंग आएको छ ।