काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई कोरोना (कोभिड–१९) संक्रमण भएको छ । मन्त्री ढकालले आइतबार सामाजिक सञ्जालमार्फत आफूमा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएका हन् ।


ADVERTISEMENT


पूर्व स्वास्थ्यमन्त्री समेत रहेका मन्त्री ढकालले आफ्नी श्रमती इन्दिरा फुयाललाई पनि संक्रमण देखिएको जनाएका छन् । उनले आफूहरुको स्वास्थ्य अवस्था सामान्य रहेको रनिवासमा नै आराम गरिरहेको जानकारी समेत दिएका छन् ।


ADVERTISEMENT

# # #


उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन आग्रह गरेका छन् । केही पहिले उर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानी सरसफाइमन्त्री मणि थापालाई पनि कोरोना संक्रमण पुष्टी भइसकेको छ ।

आज गरिएको परीक्षणबाट हामी श्रीमान श्रीमतिलाई कोभिड १९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था…

Posted by Bhanu Bhakta Dhakal on Sunday, May 2, 2021