बुटवल – नेकपा एमाले नेता शंकर पोखरेललाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गरेको विरोधमा नेपाली कांग्रेस, माओवादी, जसपा र जनमोर्र्चा सहितको गठबन्धले प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना दिएको छ ।


ADVERTISEMENT


बहुमतबिना एमाले संसदीय दलका नेता पोखरेललाई नियुक्त गरिएको भन्दै उनको शपथ रोक्ने मागसहित ती दलका सांसदहरु धर्नामा बसेका हुन् । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले अवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरेको बताए। उनले आफु बैधानिक रुपमा मुख्य मन्त्री आफुलाई चयन गरिसकेको अवस्थामा सपथको तयारी गर्न आग्रह गरे ।


ADVERTISEMENT

# # #


उनले अल्पमतमा परेकालाई मुख्यमन्त्री नियुक्त गर्ने नाटक नगर्न समेत सुझाव दिए । ४२ सांसदमाथि अपमान र गैर संवैधानिक काम गर्ने काम नगर्न प्रदेश प्रमुखलाई उनले चेतावनी दिएो । यस्त केसीले कानूनी रुपमा प्रदेश सरकार सम्हालको घोषणा पनि गरे ।

मुख्यमन्त्रीको राजीनामापछि एमाले संसदीय दलका नेता पोखरेलले संविधानको धारा १६८ को १ बमोजिम बहुमतको एकल सरकार बनाउन बहुमत सदस्यको हस्ताक्षरसहितको निवेदन पेस गरेका थिए । सोही निवेदनका आधारमा प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री नियुक्त गरेका थिए ।

कांग्रेस माओवादी गठबन्धनले भने एमालेमा ४१ सदस्य नरहेकाले संविधानको धारा १६८ को १ बमोजिम सरकार गठन हुन नसक्ने भएकाले मुख्यमन्त्रीको नियुक्ति संविधान विपरीत भएको दाबी गरेको छ ।