काठमाडौँ – काठमाडौँ जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएसी) ले खाद्यान्न पसल पनि बन्द गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


कोरोनाको संक्रमण उच्च गतिमा बढिरहेकोमा खाद्यान्न पसलमा भिड बढेको भन्दै डीसीसीएमसीले खाद्यान्न पसल बन्द गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


खाद्यान्नका पसलहरू बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न अनुमति दिएकोमा सोमबारदेखि खोल्न नदिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार मास्क नलाई हिड्नेलाई जरिबाना गर्नेदेखि पासमा कडाइ गर्नेसम्मको निर्णय डीसीसीएमसीको बैठकबाट भएको छ ।