काठमाडौँ – कोरोना भाइरसको दोस्रो लहरको विनास रोक्नका लागि पेय पदार्थ कोका–कोलाले नेपालमा ‘स्टप द स्प्रेड’ कोष सञ्चालनमा ल्याएको छ । कम्पनीले उक्त कोषमा आफ्नो तर्फबाट २.४ करोड योगदान गरेको छ ।


ADVERTISEMENT


संकटको सामना गर्नका निम्ति राष्ट्रको प्रयासलाई सहयोग पु¥याउन र फैलिएको महामारीलाई रोक्नका लागि उक्त कोष सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । उत्त खोप वितरण गर्न, कोभिड सुरक्षा किट (पीपीई, मास्क, ग्लोभ, सेनिटाइजर) प्रदान गर्न र खोप र स्यानिटरी प्राक्टिसेजको जागरुकता सिर्जना गरी महामारीको प्रयासलाई नियन्त्रण गर्न सहजीकरण गर्नेछ ।


ADVERTISEMENT

# # #


नेपालमा कोका–कोलाले खोप अभियानहरुमा समुदायलाई सहयोग गरी सुरक्षा सामग्रीहरु (उदाहरणका लागि पीपीइ, मास्क, ग्लोभ, सेनिटाइजरहरु आदि) प्रदान गर्दैछ । साथै खोप तथा स्वच्छता अभ्यासलाई प्रवर्द्धन गर्न देशभरि जागरुकता फैलाउने प्रयास गरिनेछ ।