काठमाडौँ– सिर्जना कलेज अफ फाइन आर्टसले चित्र, मूर्ति, सङ्गीत र नृत्य विधालाई व्यावसायिकरुपमा विकास गर्ने उद्देश्यले ‘सिर्जना सङ्गम’ कार्यक्रम सोमबार सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


लाजिम्पाटस्थित कलेजले त्रिभुवन विश्वविद्यालयबाट १५ वर्षअगाडि सम्बन्धन प्राप्त गरी चित्र, मूर्ति, सङ्गीत र नृत्य विषयको अध्यापन गराउँदै आएकामा अब गुरु तथा शिष्यबीचमा अध्ययन र अध्यापनको मञ्चन गर्नुपर्ने भएको छ ।


ADVERTISEMENT

# # #


विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव देवराज अधिकारीले उक्त कार्यक्रमको शुभारम्भ गर्दै यस किसिमको कार्यक्रमले गुरु तथा शिष्यलाई नजिकको सम्बन्ध स्थापना गर्न सहयोग पुर्याउने र व्यावहारिकरुपमा विद्यार्थीले प्राप्त गरेको शिक्षा तथा अध्ययनलाई सशक्त बनाउने विचार व्यक्त गरे ।

उनले सो संस्थाको भौतिक निर्माण तथा पूर्वाधार विकासमा आयोगले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कलेजका अध्यक्ष वर्षगोपाल वैद्यले चित्र, मूर्ति, सङ्गीत र नृत्यको विषयलाई विद्यालय तहदेखि नै विकास गर्नुपर्नेमा जोड दिए । सोही संस्थाका पूर्वअध्यक्ष बैकुण्ठमान श्रेष्ठले सो संस्थाले ११ देखि स्नातक ४ वर्षेसम्मको कक्षा सञ्चालन गरेको जानकारी दिँदै ती विधाको व्यावसायिकता अभिवृद्धि गर्न कलेजले ‘सिर्जना सङ्गम’ कार्यक्रम सुरु गरेको बताए ।

सो कार्यक्रममार्फत गुरु तथा शिष्यले कक्षाकोठामा पढाएको विषयलाई दर्शकका सामु अभिनय गरी दक्षता प्रमाणित गर्नुपर्ने छ ।