काठमाडौँ – नेपालमा ८२ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म ३ लाख ५१ हजार ५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २ लाख ८७ हजार ७९० जनाले कोरोनालाई पराजित गरेका हुन् ।


ADVERTISEMENT


यसैगरी ५९ हजार ७९८ संक्रिय संक्रमित रहेका छन् । केही दिनयता कोरोनाको संक्रमण बढ्दै गएका कारण संक्रिय संक्रमितको संख्या बढेको देखिएपनि निको हुने दर उच्च रहेको छ ।


ADVERTISEMENT

# # #


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार हालसम्म ३ हजार ४१७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्, जुन संक्रमित हुनेको संख्याको शून्य दशमलव ९७ प्रतिशत मात्र हो ।