गाईघाट, उदयपुर – उदयपुरको त्रियुगा नगरपालिका–१३ स्थित भुसुने निवासीे २८ वर्षीया लक्ष्मीकुमारी राईलाई श्रीमान् राजकुमार राई र देवर ओम राईले हत्या गरेका छन् ।


ADVERTISEMENT


गोवद्र्धन पूजाको दिन राति ११ बजेतिर लक्ष्मीले मादक पदार्थ सेवन गरेर घर आएपछि भनाभन हुँदा सिको झोकमा उनीहरूले रडले हिर्काएर हत्या गरेको स्थानीयवासी मोहन राईले बताए । सो घटनाका सम्बन्धमा प्रहरीले अभियुक्तद्वयलाई पक्राउ गरेर अनुसन्धान थालेपनि कुनैपनि जानकारी नदिएको बताइएको छ । रासस


ADVERTISEMENT

# # #