काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।


ADVERTISEMENT


उनीहरुबीच देउवा निवास बूढानीलकण्ठमा भेटवार्ता भएको हो । ३० मिनेट भएको उक्त भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी भएको स्रोतले बतायो ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री केपी शर्माओलीले यही २७ गते संसदमा विश्वासको मत लिँदैछन् । नेपाली कांग्रेस र सरकारलाई दिएको समर्थन फिर्ता लिएको माओवादी केन्द्रले प्रधानमन्त्रीलाई विश्वासको मत लिन नदिने गरी रणनीति बनाइरहेका छन् ।

कांग्रेसले केही दिन अघि नै ओलीलाई विश्वासको मतमा पराजित गर्ने निर्णय गरिसकेको छ ।