काठमाडौँ– नेकपा (एमाले) का नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पार्थीव शरीरमाथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त अर्पण गरेका छन् ।


ADVERTISEMENT


मन्त्री गुरुङले आज बिहान मनमोहन मेमोरियल अस्पतालमा पुगेर राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।


ADVERTISEMENT

# # #


त्यस्तै पार्टीका अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले भने चौलागाईको शवमाथि पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरेका छन् । उनको केही समयपछि पशुपति आर्यघाटको विद्युतीय शव दाहगृहबाट अन्त्येष्टि गरिने जनाइएको छ । कोरोना सङ्क्रमणबाट मङ्गलबार राति नेता चौलगाईंको निधन भएको थियो ।

नेकपा (एमाले) पोलिटब्यूरो सदस्य रहेका चौलागाईं दोलखा ‘ख’ बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । यस्तै, विसं २०५६ को निर्वाचनमा दोलखा क्षेत्र नं १ बाट निर्वाचित भएका नेता चौलगाईं २०७० को संविधानसभा चुनावमा समानुपातिक कोटाबाट सांसद समेत भएका थिए ।

विद्यार्थीकालदेखि नै सक्रिय राजनीतिमा रहेका चौलगाईं निष्ठावान र इमान्दार नेता थिए । उनको निधनले दोलखाका साथै सिङ्गो राष्ट्रले अपूरणीय क्षति व्यहोर्नुपरेको एमाले वाग्मती प्रदेश सङ्गठनका अध्यक्ष आनन्दप्रसाद पोखरेलले बताएका छन् । रासस