महोत्तरीको सदरमुकाम जलेश्वर–२ पासमान टोलकी २५ वर्षीया सुमित्रा म्यादी प्रहरी भर्नाको लागि भएको दौडमा घुम्टो र साडीमै कुदिन । प्रहरीद्वारा म्यादी प्रहरीको छनौटको लागि लिईने शारिरीक तन्दुरुस्ती, मेडिकल चेकजाच, उचाई, तौल, दौड र अन्य प्रकृयालाई पार गर्दै उनी लिखित परिक्षाको लागि छनौंट भएकी छन् ।


ADVERTISEMENT


साडी र घुम्टो ओड्ने महिला पनि प्रहरीमा जागिर खान र देशको सेवा गर्न सक्षम छन् भन्ने देखाउन आफूले आवेदन दिएको उनी बताउँछिन । उनी लिखितमा समेत उतिर्ण भए ५५ दिनकै लागि भएपनि देश र जनताको सेवा गर्न पाउँदा खुशी हुने र घुम्टो ओढ्ने महिला पनि सक्षम छन् भनेर देखाउने सुमित्राको धोको छ ।


ADVERTISEMENT

# # #


अन्य महिलाहरुलाई समेत म्यादी प्रहरीमा आवेदन दिएको देखेर नै आफूमा जागर आएको र आवेदन दिएको उनले बताईन । उनले आफूले पनि म्यादी प्रहरीमा फारम भर्न लागेको बताउदा गाँउ घरमा कुरा काटेको र त्यसको पर्वाह नै नगरी आफू यता आएको बताइन् ।
मधेशमा महिला घरमै बसेर घरपरिवार तथा बालबच्चाको लालन पालन गर्नु पर्ने मानसिकतालाई कडा टक्कर दिदै उनी म्यादी प्रहरीमा आएकी छन् ।

श्रीमान दिनभरी घुमेर समय व्यतित गर्ने भएकोले तिन सन्तानको पालन पोषणको जिम्मेवारीसमेत आफ्नै काँधमा भएको सुमित्राले बताइन । म्यादीमा आवेदन दिनु भन्दा पहिले बिहानदेखि बेलुकासम्म घरकै काममा व्यस्त हुने दैनिक दाउरा र खानाको बन्दोबस्तमै बढी समय खर्चने गरेकि सुमित्रा म्यादीमा भर्ना हुन नियमित दौड्ने तथा अन्य कसरतमा व्यस्त छन् । महोत्तरीमा ८ हजार ९५८ जनाले आवेदन दिएकामध्ये ६२७ महिला छन् । त्यसबाट दुईहजार सात सय तथा तीन सय भन्दाबढी वैकल्पिकमा छनौट भएका थिए ।यो खबर आजको नयाँ पत्रिकाबाट लिईएको हो ।