काठमाडौँ – हिमालयन बैँक र नेपाल इन्भेस्टमेन्ट बैँकबीच मर्जर हुने भएका छन् । मर्जरका लागि बिहीबार नेपाल इन्भेस्टमेन्ट बैँकका तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाँडे र हिमालयन बैँकका तर्फबाट तुलसी प्रसाद गौतमले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।


ADVERTISEMENT


समझदारीसँगै दुई बैँकबीच मर्जरको औपचारिक कार्य सुरु भएको छ । मर्जरपछि बैँकको नाम हिमालयन बैँक एण्ड नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड’ हुने र सञ्चालक समितिको अध्यक्षमा पृथ्वी बहादुर पाँडे र बैँकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोक शमशेर राणा रहने सहमतिमा उल्लेख छ । राणा हाल हिमालयन बैँकका सीईओ हुन् ।


ADVERTISEMENT

# # #


मर्जरपछि सञ्चालक समितिमा दुबै बैँकको तर्फबाट ३–३ जना सञ्चालक नियुक्त हुनेछन् भने नयाँ सञ्चालक समितिले एक जना स्वतन्त्र सञ्चालकको नियुक्ति गर्नेछ ।

हाल नेपाल इन्भेस्टमेन्ट बैँकको चुक्त पुँजी १६.२६ अर्ब रहेको छ भने हिमालायन बैँकको १०.६८ अर्ब रहेको छ । मर्जरपछि चुक्ता पुँजी २६.९४ अर्ब हुनेछ । जुन नेपालका वाणिज्य बैँकमध्ये सबैभन्दा धेरै हो ।

यस्तै नेपाल इन्भेस्टमेन्ट बैँकको जगेडा तथा कोष १४.१० अर्ब र हिमालयन बैँकको ७.६७ अर्ब रहेको छ । कर्जा लगानीतर्फ नेपाल इन्भेस्टमेन्ट बैँकको १६०.९८ अर्ब र हिमालयन बैँकको १२७.१४ अर्ब तथा निक्षेपतर्फ नेपाल इन्भेस्टमेन्ट बैँकको १६८.२९ अर्ब र हिमालयन बैँकको १४३.७० अर्ब रहेको छ ।