काठमाडौँ – नेपालमा पनि ‘सेल्फी विथ डटर’ अभियान सुरु भएको छ । आइतबार एक भर्चुअल कार्यक्रम मार्फत नेपालमा सेल्फी विथ डटर अभियान सुरु गरिएको हो । लैगिंक समानताका लागि भारतका सुनिल जगंलानले सुरु गरेको अभियानले भारतमा धेरै ख्याति प्राप्त गरेको थियो साथै सरकारको तर्फबाट पनि पर्याप्त मात्रामा सहयोग र हौसला प्राप्त गरेको थियो ।


ADVERTISEMENT


महिला सशक्तिकरण तथा लैगिंक समानताको मूलमर्म बोकेको यो अभियान नेपालमा हिजोबाट औपचारिक रुपमा सुरु भएको छ । यो अभियान सेल्फी विथ डटर फाउण्डेसन, भारत र नेपाल इन्टरनेट फाउण्डेसनको सयंक्त रुपमा भर्चुअल कार्यक्रम आयोजना गरि नेपालमा यो अभियान सुरु गरिएको हो ।


ADVERTISEMENT

# # #


वर्षा भण्डारीले सञ्चालन गरेको भर्चुअल कार्यक्रममा प्रमुख आतिथीको रुपमा नेपालको तर्फबाट कक्षा आठमा अध्ययनरततजैना श्रेष्ठ र भारतको तर्फबाट कक्षा नौमा अध्ययनरत अवनेशी श्रीमलको उपस्थिति रहेको थियो । यस अभियानमा नेपाल र भारतको तर्फबाट कम उमेरका युवती र महिलाहरुले आफ्ना भनाइहरु राखेका थिए ।

नेपाल इन्टरनेट फाउण्डेसनको तर्फबाट अध्यक्ष विक्रम श्रेष्ठले नेपालमा अझै पनि छाऊपडी प्रथाहरु जस्तो माहिलालाई दमन गर्ने कार्यहरु भईरहँदा यो नयाँ अभियानले छोरीहरुको महत्व र अधिकार सुनिश्चित गर्ने बताए ।

नेपालको तर्फबाट आरोही पौडेल, लिपासा श्रेष्ठ, प्रकृति ढंगेल, ईशा श्रेष्ठ, सुधा जोशी, मेरिन राई, रम्भा श्रेष्ठले नेपालमा पनि महिलाहरुले घरेलु हिंसा भोग्नु परिरेहको र झन महामारीको समयमा धेरै नै भोग्नु परेको तथ्यहरु प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा बाल तथा महिला बलात्कार, एसिड आक्रमण, आत्महत्याका घटना, महिनावारी विभेदका विभिन्न विषयहरुमा प्रस्तुत गरिएको थियो । सेल्फी विथ डटर अभियानले छोरीहरुको मुहारमा मुस्कान थप्नुको साथै महिलामा हुने भेदभाव, लैगिंक असमानता जस्तो व्यवहारमा आमूल परिवर्तन ल्याउने विश्वास गरिएको छ ।

कार्यक्रममा अतिथिको रुपमा सहभागी पूर्व विज्ञान तथा सञ्चार मन्त्री गणेश शाहले यो अभियानलाई आफ्नो तर्फबाट पूर्णरुपले सहयोग गर्ने र यसलाई ग्लर्स तथा प्यारेन्ट इन आइसिटीसँग पनि जोडेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

यस्तै प्रस्तुतीहरुको क्रममा कल्पना श्रेष्ठले नेपाल इन्टरनेट फाउण्डेसनको नेतृत्वमा सञ्चालन गरिएको सेल्फी विथ डटर अभियानले समाजमा सकारात्मक सोच ल्याँउछ भन्दै ‘बेस्ट सेल्फी टाइटल’ को विषयमा पनि घोषणा गरिन् । यो अभियानले सुरु गरेको प्रतियोगिताहो जसमा हरकोही नेपालीले आफ्नो छोरीसँग सेल्फी खिचेर सहभागिता जनाउन सक्नेछन् ।

विजेतालाई २१ हजार पुरस्कार

यो अभियानको प्रतियोगिता हिजो अन्तराष्ट्रिय मातृ दिवसको अवसरमा सुरु गरिएको हो र यसमा सहभागी भएका सेल्फीहरुलाई प्रथम, दोस्रो र तेस्रो श्रेणीमा विभाजित गरेर पुरस्कृत पनि गरिनेछ ।

यस प्रतियोगितामा प्रथम हुनेले सिल्ड, सेल्फी विथ डटरको सर्टिफिकेट सहित २१,००० रुपैयाँ नगद पाउनेछन् । त्यस्तै दोस्रो स्थान हासिल गर्न सफल भएको सेल्फीले सिल्ड, सेल्फी विथ डटरको सर्टिफिकेट सहित ११,००० रुपैयाँ नगद पाउनेछ । तेस्रो हुनेले सेल्फी विथ डटरको सर्टिफिकेट सहित ५१,०० रुपैयाँ नगद पाउनेछन् ।

‘बेस्ट सेल्फी विथ डटर’ टाइटल नेपालको तर्फबाट ३ ओटा र भारतको तर्फबाट ३ ओटा राम्रो सेल्फीलाई प्रदान गरिने आयोजकले जनाएको छ । यहीसँगै सबैभन्दा सक्रिय भोलेन्टियरलाई यो वर्षभरी नेपालको लागि ‘एम्बासेडर फर सेल्फी विथ डटर’ अभियानमा छनौट गरिनेछ ।

यस अभियानमा सहभागी हुनका लागि आआफ्नो छोरीसँग हाँस्दै गरेको सेल्फी खिचेर सामाजिक सञ्जालमा ह्यासट्याग #selfiewithdaughter भनेर हाल्नुपर्नेछ । त्यस्तै ‘सेल्फी विथ डटर डट आईएन’ पोर्टलमा पनि हाल्न सकिन्छ वा ह्वाटसएपमा ९८०१००००४४ मा पठाउन सकिनेछ ।