काठमाडौँ – नेकपा माओवादी केन्द्रले संयुक्त गठबन्धनको सरकार बनाउन नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)को निर्णय पर्खने भएको छ ।


ADVERTISEMENT


पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले कांग्रेस, जसपाको निर्णय आएपछि मात्रै संयुक्त सरकारको प्रक्रिया अघि बढाउने निष्कर्ष निकालेको हो ।


ADVERTISEMENT

# # #


कांग्रेस, माओवादी र जसपा मिलेर संयुक्त रुपमा प्रक्रिया अघि बढाउने र विश्वासको मत नदिएका एमालेका माधव नेपाल र झलनाथ खनाल पक्षको पनि नयाँ सरकार गठनका सम्बन्धमा सकारात्मक विश्वास रहेको रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । अहिलेसम्म नेपाल खनाल पक्षले कुनै निर्णय नदिएको उनले बताए ।

यता प्रधानमन्त्री केपी शर्मा ओली र नेपालबीच भएको वार्ता सकारात्मक भएपछि तत्काल राजीनामा नदिने नेपाल समूहले बताएको छ । यो संगै सहमतीय सरकार गठनको सम्भावना टर्दै गएको छ ।