विश्वका विभिन्न देशमा अनेकथरी कानून छन् । कतिपय कानून यस्ता बेतुकका छन् र अजीव पनि छन् । त्यस्ता कानूनको पालना गर्ने कुरा कल्पना गर्न पनि गाह्रो हुन्छ । यस्ता कानूनहरु कतिपय केवल किताबका पानामा मात्र पनि सीमित छन्, केही पालना पनि भइरहेका छन् । दुुनियाँका यस्तै अनौठामध्येका केही कानून यस्ता छन्स्


ADVERTISEMENT


· क्यानडाको अल्बर्टा प्रान्तमा बजारमा किनमेल गर्दा कसम खानु तथा चिच्याउन सख्त प्रतिबन्ध छ । यदि कसैले यस्तो गरेको पाइएमा जरिवाना तिर्नुपर्दछ ।


ADVERTISEMENT

# # #


 

· अमेरिकाको फ्लोरिडा राज्यमा आइतबारको दिन कुमारी कन्याले स्काइ डाइभ गर्नु कानूनतः बन्देज छ ।

· बोलिभियाको राजधानी लापाजमा विवाहित महिलाले दिनमा एक गिलास भन्दा धेरै वाइन पिउन मनाही छ ।

· इटालीको काप्री टापुमा केटीहरुले चप्पल लगाएर हिँडिरहँदा चप्पल प्याटप्याट गरी पड्काउन अर्थात् आवाज निकाल्न प्रतिबन्ध छ ।

· अमेरिकाको ओक्लोहामामा मानिसहरु कुकुरको अगाडि आफ्नो मुखाकृति बिगारेर जिस्काउन पाउँदैनन् ।

· बेलायतको कानूनले गर्भवती महिलालाई यतिधेरै अधिकार दिएको छ कि उनीहरु अप्ठेरो परेको बेला जहाँकहिँ दिशापिसाब गर्न पाउँछन् ।

· अमेरिकाको अर्कान्ससमा श्रीमानले श्रीमतीलाई महिनाको एकपटक कुटपिट गर्न पाउँदछ ।

· इटालीको यराक्लीअ सहरको तटीय क्षेत्रमा बालुवाको घर बनाउन प्रतिबन्ध छ ।

· इटालीको एबोलीमा चलिरहेको कारभित्र चुम्बन गर्न मनाही छ ।