काठमाडौँ– देशमा अक्सिजन सिलिन्डरको चरम अभावका बीच आईएमएस समूहका अध्यक्ष दिपक मल्होत्राले भने चीनबाट अक्सिजन सिलिन्डर ल्याउने भएका छन् ।


ADVERTISEMENT


नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष समेत रहेका उनले चीनमा नेपाल आयातका लागि २२ सय ५० थान सिलिन्डरको अर्डर दिएका हुन् ।


ADVERTISEMENT

# # #


यसअघिको कोरोनाको पहिलो लहरमा देखिएको मास्क अभावका लागि दिनहुँ मास्कको अभाव हुँदा १५ दिनभित्रै उद्योग स्थापना गरेर मास्क उत्पादन थालेका उनले यसपटक भने देशमा व्याप्त रुपमा देखा परेको अक्सिजन सिलिन्डरको अभावलाई केहि हदसम्म पूर्ति गर्नका लागि सो सिलिन्डर ल्याउन लागिएको जानकारी दिएका छन् ।

नेपालमा पछिल्लो पटक अक्सिजन प्लान्ट भएपनि अक्सिजन सिलिन्डरको अपर्याप्तताकै कारण कैयौँ बिरामीले ज्यान गुमाउनु परेको अवस्था छ । यससंगै संक्रमित मृत्युदरको संख्या उच्च पछाडि आवश्यक बेड, भेन्टिलेटर तथा जनशक्तिको अभाव रहेको विज्ञहरुले बताउँदै आएका छन् ।