काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले पद तथा गोपनियताको शपथ लिएका छन् । उनलाई शुक्रबार राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी भडारीले शपथ खुवाएकी हुन् ।


ADVERTISEMENT


शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक अंगका प्रमुखलगायत सहभागी भएका थिए ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा वैशाख २७ गते विश्वासको मत पाउन नसकेपछि पदमुक्त भएका थिए । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि बिहीबारसम्मको समय दिएकी थिइन् । तर, प्रमसख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले सरकार गठनका लागि आवश्यक बहुमत पुर्याउन नसकेपछि बहुमतको सरकार गठनको सम्भावना अन्त्य भएको थियो ।

त्यसपश्चात बिहीबार नै राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम संसदको सबैभन्दा ठूलो दलको हैसियतले प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गरेकी थिइन् । प्रधानमन्त्री ओलीले अब प्रतिनिसभामा ३० दिन भित्र विश्वासको मत लिनु पर्नेछ ।

यस्तै प्रधानमन्त्री ओलीले सबै पूरानै मन्त्रीहरुलाई निरन्तरता दिएका छन् । दोहोरिएका मन्त्रीहरुले पनि राष्ट्रपतिसमक्ष शपथ लिएका छन् । प्रधानमन्त्री ओलीको यो तेस्रो प्रधानमन्त्रित्व काल हो ।