काठमाडौँ– झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक प्रसाईँले एक विज्ञप्तिमा जारी गर्दै स्वास्थ्य स्वास्थ्य सङ्कटकाल घोषणा गरी जनताको जीवन रक्षा गर्न सरकारसँग माग गरेका छन् ।


ADVERTISEMENT


उनले यसका साथै बिदामा रहेका र सरकारी सेवाबाट अवकाश लिएका चिकित्सक अन्य स्वास्थ्यकर्मीलाई महामारी नियन्त्रणमा जुट्न आह्वान गरेको हो ।


ADVERTISEMENT

# # #


जारी विज्ञप्तिमा भनिएको छ, ‘देशव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा गरी जनताको जीवन रक्षा गर्न अब सरकारले ढिलाइ गर्नु हुँदैन । महामारी नियन्त्रणमा सबै पक्ष एकजुट हुनु आजको आवश्यकता हो ।’

कार्यकारी निर्देशक प्रसाईँले सङ्क्रमितका उपचारमा बिएण्डसीले आफ्नो उपलब्ध स्रोत साधनले भ्याएसम्म उच्च प्राथमिताका साथ भगीरथ प्रयास गरिरहेको र राज्यलाई आवश्यक परेमा अस्पताल नै प्रदान गर्न तयार रहेको विज्ञप्तिमार्फत जनाएका छन् । उनले भनेका छन्, ‘विपद्का समयमा राज्यले के दियो र के गर्‍यो ? भन्दा पनि राज्यलाई के सहयोग गर्न सकिन्छ ? मुख्य कुरा हो, यस्तो अवस्थामा म टुलुटुलु हेरेर बस्न सक्दिन , आफूसँग भएका स्रोत र साधन प्रदान गर्न तयार छु ।’ अस्पतालमा दैनिक एक हजार ३०० भन्दाबढी बिरामीले अन्तरङ्ग तथा बहिरङ्ग सेवा, ३० देखि ४० शल्यक्रिया, ६०/७० सङ्ख्यामा सिटिस्क्यान तथा ४० भन्दाबढी एमआरआई हुने गर्दछ ।

पूर्वक्षेत्रबाट उपचारका लागि भारत तथा काठमाडौँ आउनुपर्ने अवस्था लगभग अन्त्य भई ती दुवै अस्पताल ‘रिफरल हस्पिटल’ बनेको छ । अस्पतालले पछिल्लो समय मुटु तथा मिर्गौला प्रत्यारोपणको तयारी गर्दैछ । कार्यकारी निर्देशक प्रसाईँले भन्छन्, ‘हामी एमबिबिएस तहमा ३०० विद्यार्थी पठनपाठन गराउने क्षमतामा राख्छौँ । भविष्यमा विशिष्टिकृत अध्ययन एमडी/एमएससमेत अध्यापन गराउन सक्छौँ । हामी तयारीमा जुटिरहेका छौँ ।’

ती अध्यापनका लागि कलेज सम्बन्धन पखाइमा छ । स्वीकृति पाउने वित्तिकै एकहजार ५०० स्थानीयबासीले रोजगारी र सरकारले रु ५० करोड भन्दा वार्षिक राजश्व पाउने जनाइएको छ । रासस