मध्यपुरथिमि– भक्तपुरको चाँगुनारायण नगरपालिका–६, बालवन वालखोलामा आज अपरिचित ३० वर्षीय पुरुषको शव भेटिएको छ ।


ADVERTISEMENT


खोलामा घोप्टो परेर अनुहार पानीमा डुबेका अवस्थामा गहुँगोरो वर्णको, पाँच फिट आठ इन्च उचाइ भएको, दाहिने हातको बूढीऔँला र चोरीऔँलाका बीचमा ॐ लेखिएको ट्याटु, बायाँ खुट्टाको पिँडौलादेखि कान्छी औँलासम्म पुरानो खत रहेको पुरुषको शव भेटिएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट भक्तपुरमा पठाइएको गिरीले जनाएको छ । घटना कसरी भयो, हत्या हो कि अरू कुनै कारणले मृत्यु भएको हो ? भन्नेबारेमा प्रहरीले घटनास्थलबाटै अनुसन्धान शुरु गरेको जनाउँदै गिरीले मृतकको पहिचान खुलेपछि र शव परीक्षणको रिपोर्ट आएपछि मात्रै थप भन्न सकिने बताए। रासस