सुनसरी– कोरोना महामारीको दोस्रो लहरका कारण देशले अक्सिजन एवम् स्वास्थ्यजन्य सामाग्रीको चरम अभाव सामना गरिरहेको बेला फरवार्ड माइक्रो फाइनान्स वित्तिय संस्थाले भने सो अभावलाई केहि हदसम्म परिपूर्ति गर्न मद्दत गरेको छ ।


ADVERTISEMENT


विभिन्न अस्पतालमा देखिएको अभावलाई मध्यनजर गर्दै सो अभाव परिपुर्तिका लागि संस्थाले आफ्नो क्षमताअनुरुपमा सामाग्री सहयोग गरेको हो ।


ADVERTISEMENT

# # #


जसअन्र्तगत संस्थाले धरानस्थित विपी कोइराला इन्स्टिट्युट अफ हेल्थ साइन्सलाई १० लिटर अक्सिजन तथा ५० थान अक्सिजन सिलिन्डर, विराट मेडिकल टिचिङ टंकीसिनुवासीलाई २ थान बेड मोनिटर तथा महाकाली कञ्चनपुर अस्पताललाई १ थान अक्सिजन कन्सर्नट्रेटर वितरण गरेको छ ।

नेकपाका केन्द्रिय सदस्य तथा सुनसरीको इन्चार्ज समेत रहेकी संस्थाका संस्थापक भगवती चौधरीले आफ्ना कर्मचारी तथा सदस्यलाई समेत गर्नुपर्ने दायित्व बोध गर्दै सो सहयोग गरिएको जानकारी दिइन् । उनले अहिले यस विषम् परिस्थितिमा हातेमालो गर्दै आफ्नो दक्षअनुरुप सबैले आफ्नो दायित्व पुरा गर्नुपर्नेमा जोड समेत दिएकी छिन् ।

 

यस्तै, निरीक्षणका क्रममा विराट टिचिङ मोरङस्थित देखिएको उपचारार्थ युवा कोभिड बिरामी तथा मृतकको दृश्य हृदयाविदारक भएको भन्दै उनले मनमा शान्ति एवम् पुर्णआत्मा विश्वास लिएर अघि बढ्न आग्रह समेत गरेकी छिन् ।