काठमाडौँ – नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाललाई भारतले लिक्वीड अक्सिजन दिने बताएका छन् ।


ADVERTISEMENT


सोमबार कमल पोखरीस्थित अग्रवाल भवनमा आइसोलेसन सेन्टरको उद्घाटन गर्दै राजदूत क्वात्राले अबको ८-१० दिनमा लिक्विड अक्सिजनको ट्यांकर भारतबाट नेपाल आउने बताएका हुन् ।


ADVERTISEMENT

# # #


भारतले महामारीविरूद्ध लड्न नेपाललाई अग्रसर रूपले सहयोग गरिरहेको बताउँदै उनले भने, ‘भारतबाट २३ लाख डोज कोभिडसिल्ड खोप नेपाल आइसकेको छ। ८–१० दिनमा लिक्विड अक्सिजनको ट्यांकर भारतबाट नेपाल आउने छ। अस्पतालमा अक्सिजनको कमी नहोस् भन्ने छ।’

अग्रवाल भवनमा करिब १ सय २६ जनासम्म राख्न सकिनेगरी क्वारेन्टिनरमाइल्ड आइसोलेसन सेन्टरको स्थापना गरिएको छ ।